रहरलाग्दो धान रुकुममा

रुकुम- रुकुम पश्चिममा यसवर्ष धानबाली राम्रोसंग फस्टाएको छ । धानबाली फस्टाउँदै गएकाले गतवर्ष भन्दा यसवर्ष धान उत्पादनमा बृद्धि हुने अनुमान पनि गरिएको छ ।

यसबर्ष समयमै वर्षा भएको र धान रोपाई पनि समयमै भएकाले धानबाली फस्टाएको हो । त्यसैगरी धानबालीमा हालसम्म कुनैपनि रोग तथा किरा फट्याङग्रा नलागेकाले धान उत्पादनमा बृद्धि हुने किसनाको भनाई छ ।

गतवर्ष भन्दा धान उत्पादनमा बृद्धि हुने अनुमान कृषि विकास कार्यालय रुकुम पश्चिमले पनि गरेको छ । रुकुम पश्चिमको आठबिसकोट, गोतामकोट, चौरजहारी, सिम्ली, माछ्मी, छिनखेत, सोलाबाङ्ग लगायत विभिन्न ठाउँमा धान उत्पादन राम्रो हुने गर्दछ । रुकुम पश्चिमका ३ हजार ४८ हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.