उपत्यकामै कोरोना संक्रमितको संख्या अत्यधिक, काठमाण्डौमा मात्रै १० हजार बढी संक्रमित
काठमाडौं- काठमाडौं उपत्यकामा मात्र हालसम्म कोभिड-१९ सङ्क्रमितको सङख्या १२ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले काठमाडौ उपत्यकामा हालसम्म १२ हजार २४८ जनामा सङ्क्रमण देखिएको जानकारी दिनुभयो ।
उपत्यकाको पनि देशभरमै सवैभन्दा बढी संक्रमित काठमाण्डौ जिल्लामा रहेका छन् । काठमाण्डौमा देशभरका सपूर्ण संक्रमितको करिव १८ प्रतिशत अर्थात १० हजार बढी रहेका छन् ।
यसैगरी ललितपुरमा हालसम्म संक्रमितको संख्या करिव १२ सय र भक्तपुरमा एकहजार माथि पुगेको छ । हिजोमात्र उपत्यकामा ५१२ जना सङ्क्रमित फेला परेका छन । काठमाडौमा ४८०, भक्तपुरमा ४३ र ललितपुरमा २९ जना सङक्रमित फेला परेका छन । देशका १८ जिल्लामा एक हजार भन्दा बढी सङ्क्रमित रहेका छन् ।-
प्रतिक्रिया राख्नुहोस्