नारायणगढ-मुग्लिन सडकखण्ड सुचारु

चितवन- चितवनको इच्छाकामना गाउँपालिका ६ स्थित चारकिलोमा खसेको पहिरो पन्छाइएको छ ।

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडकखण्ड दुबै तर्फ यातायाता सुचारु भएको छ ।

आज  दिउँसो २: ३० बजेबाट सडक पूर्ण रुपमा खुलेको नारायणगढ मुग्लिन सडक आयोजनाका इन्जिनिएर शिव खनालले जानकारी दिए ।

डाँडाबाट लेदोसहितको झरेको हिलो र ढुंगा पन्छाएर सडक सञ्चालन गरिएको हो ।

सोमबार राति अबेर सडक एकतर्फी रुपमा सञ्चालनमा ल्याइएको भएपनि पुनः पानीसँगै पहिरो जाँदा सडक अवरुद्ध बन्न पुगेको थियो । जसका कारण यात्रुहरुले सास्ती खेपेका थिए ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.