कोरोनाले नेपालमा थप ११ जनाको ज्यान गयो

काठमाडौं– नेपालमा कोरोना भाइरस (कोभिड १९)बाट थप ११ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मंगलबार प्रवक्ता प्रा.डा जागेश्वर गौतमले दिएको जानकारी अनुसार पुरुष ७ र महिला ४ जनाको ज्यान गएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३७१ पुगेको छ ।

बितेको २४ घण्टामा सर्लाहीमा एक, काठमाडौंमा ३, मकवानपुरमा एक र कपिलवस्तुमा एक पुरुषको मृत्यु भएको छ । सिरहा, बारा, काठमाडौं र रुपन्देहीमा एक-एक जना महिलाको पनि मृत्यु भएको छ ।

नेपालमा संक्रमित हुनेहरुबाट मृत्यु हुनेको प्रतिशत ०.६५ प्रतिशत रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.