यातायात र हवाइ उडान पर्सि १ गतेदेखि सञ्चालनमा आउने

शैक्षिक संस्था लगायत जमघटका गतिविधि बन्द नै राख्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौं- सरकारले जनस्वास्थ्यको रक्षा र आर्थिक गतिविधि सँगसँगै अघि बढाउने नीति अनुरुप लामो दूरीका सवारी साधन सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

स्वास्थ्य मापदण्ड पालना गरी सेवा सञ्चालन गर्न सकिने परराष्ट्र मन्त्री एवं नेपाल सरकारका नवनियुक्त प्रवक्ता प्रदीपकुमार ज्ञवालीले मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै यस्तो जानकारी दिनुभएको हो ।

उहाँले आन्तरिक हवाइ उडान असोज १ गतेबाट सुरु गर्ने र स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्नुपर्ने बताउनुभयो । सरकारले नियमित तथा चार्टर उडान गर्न पनि दिने भएको छ । हिमाल आरोहण र पदयात्रा गर्न चाहने विदेशी नागरिकलाई पनि कार्तिक १ गतेबाट सञ्चालन गर्न दिने मन्त्री ज्ञवालीले बताउनुभयो ।

साथै विकास आयोजनाका लागि आवश्यक जनशक्ति ल्याउन पनि दिने निर्णय भएको उहाँले जानकारी दिनुभयो । साथै दूर शिक्षा र बैकल्पिक माध्यमबाट शिक्षा दिन सकिने तर शैक्षिक संस्था र भिडभाड हुने गतिविधिहरु बन्द रहने उहाँले बताउनुभयो ।-

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.