कोदारी केन्द्रविन्दु भएर ६ म्याग्निच्युडको भूकम्प, काठमाडौंमा धक्का महसुस
काठमाडौं– कोदारी केन्द्रविन्दु भएर बुधबार बिहान ६ म्याग्निच्युडको भूकम्प गएको छ ।
बिहान ५ बजेर १९ मिनेटमा काठमाडौंबाट ६३ किलोमिटर उत्तरपूर्व कोदारी केन्द्रविन्दु भएर ६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का काठमाडौंमा महसुस भएको छ । हल्लिएपछि सर्वसाधारण घर बाहिर निस्किएका थिए ।
An earthquake of ML 6.0 occurred around Ramche of Sindhupalchok district at 5:19.@NEOCOfficial
— NSC, Nepal (@NepalNsc) September 15, 2020
प्रतिक्रिया राख्नुहोस्