एसिड उत्पादन तथा बिक्री वितरण नियमन गर्न माग

काठमाडौं– एसिड पीडितलाई शिक्षा तथा व्यवसायिक स्थायित्वको ग्यारेन्टीका साथै एसिडको उत्पादन तथा बिक्री वितरणमा नियमन गर्ने गरी कानून निर्माण गर्न सरोकारवालाले सुझाव दिएका छन् ।

कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले मंगलबार आयोजना गरेको छलफलमा एसिड पीडितका लागि उपचार पहिलो प्राथमिकतामा पर्नुपर्ने र हरेक अस्पतालमा वोर्न यूनिट राख्न समेत सुझाव दिएका छन् । त्यस्तै अन्य तरिकाले जलाइएकाहरुको लाइपनि सम्बोधन हुनेगरी कानून निर्माण गर्न सुझाएका छन् । कानून मन्त्री शिवमाया तुम्बाहाङ्फेले मन्त्रीपरिषदबाट सम्बोधन भएकोले पीडितको पक्षमा तत्काल कानून निर्माण गर्न लागेको बताउनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २५ गते एसिड आक्रमणबाट पीडितसँगको भेटमा १५ दिनभित्र कानून बनाउने प्रतिबद्धता जनाउनुनभएको थियो । तर सरोकारवालाले भने कानून संशोधन भन्दापनि केही समय लिएर भएपनि नयाँ कानून बनाउन समेत सुझाव दिएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.