फास्ट ट्रयाकको कामले फेरि लियो गति

काठमाडौं– राष्ट्रिय गौरवको काठमाडौ–तराइ मधेश द्रूतमार्ग (फास्ट ट्रयाक) को निर्माणको कामले पुनः गति लिएको छ ।

कोभिड–१९ का कारण पूरै टोली परिचालन हुन नसके पनि थोरै जनशक्ति प्रयोगबाट अधिक काम गर्ने गरि निर्माणको काम फेरि शुरु भएको हो । निर्माण आयोजनाको कामकारवाहीलाई पूर्ण पारदर्शी र गुणस्तरीय तुल्याउँदै तोकिएको समयसीमाभित्रै सम्पन्न गर्ने लक्ष्यसहित निर्माण कार्यमा तिव्रता दिइएको छ ।

आयोजनाका लागि छनोट भएको अन्तर्राष्ट्रिय परामर्शदाताको टोली प्रमुख र स्थानीय विषय विज्ञसमेतको टोलीले स्थलगत सर्भेको काम पनि शुरु भएको छ । महादेवटार, धेद्रे र लेनडाँडामा निर्माण गर्नुपर्ने सुरुङका लागि भू–गर्भसम्बन्धी अध्ययन पूरा गरी प्रतिवेदन तयारीको काम भइरहेको छ । अहिले सुरुङका लागि ड्रिलिङ गरी नमूना परीक्षण गर्ने , बेलिब्रिज जडान गर्ने लगायतका काम शुरु भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।

कोभिड–१९ बाट उत्पन्न परिस्थितिले उपकरण र जनशक्ति व्यवस्थापनमा कठिनाई हुँदा निर्माण कार्य प्रभावित हुँदै आएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.