काभ्रेको गुम्बुडाँडामा भ्यू टावर
काभ्रे- काभ्रेको बेथानचोक गाउँपालिका वडा नं. ४ को गुम्बुडाँडामा आन्तरिक तथा बाह्य पर्यटन प्रवर्दनका लागि भ्यू टावर निर्माण गरिएको छ ।
टावर निर्माणसँगै यहाँ अहिले आन्तरिक पर्यटकहरुको धुइँचो लाग्ने गरेको छ ।
गाउँपालिकाको वडा नं. ३, ४ र ५ को संगम स्थलमा पर्ने यो ठाउँबाट विभिन्न हिमालका दृश्याबलोकन गर्न सकिने र गाउँपालिकाको प्राय: सबै वडाहरु हेर्न सकिने भएकाले यसको महत्व बढेको हो ।
गाउँपालिका र वडाको गरी २८ लाखको लगानिमा टावर निर्माण गरिएको बेथानचोक गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष लालबहादुर श्रेष्ठले बताउनुभयो ।
गाउँपालिका भित्रका प्रसिद्ध कपेर महांकाल मन्दिर, बेथान नारायणथानको मन्दिर, थानी महांकाल, शिव गुफा, तिलेश्वर महादेव मन्दिर, कामीडाँडा, थामडाँडा लगायतका महाभारत श्रृंखलाहरु रहेकोले पर्यटन गुम्बुडाँडामा भ्यू टावर निर्माण गरिएको हो ।
अहिले भ्यू टावर जानका लागि सिँडी निर्माणको काम पनि सकिसकेको छ ।।
प्रतिक्रिया राख्नुहोस्