नेपाल टेलिभिजन र भूमि व्यवस्था विभागबीच नयाँ सम्झौता

 काठमाडौं-  नेपाल टेलिभिजन र भूमि व्यवस्थापन तथा अभिलेख विभागबीच कार्यक्रम उत्पादन तथा प्रशारण सम्बन्धी सम्झौता भएको छ । विभाग र नेपाल टेलिभिजनबीचको यो पहिलो सहकार्य र सम्झौता हो ।

नेपाल टेलिभिजनमा भएको “भूमि प्रशासनमा प्रविधि र सुशासन” नामक कार्यक्रम महिनाको तेस्रो शुक्रबार प्रसारण हुने गरी सम्झौता भएको हो । कार्यक्रम सूचना, सन्देश र जानकारी मूलक हुने छ ।

सम्झौता पत्रमा नेपाल टेलिभिजनका तर्फबाट महाप्रवन्धक गोविन्द रोका र विभागका तर्फबाट महानिर्देशक शेषनारायण पौडेलले  हस्ताक्षर गर्नुभयो ।

कार्यक्रममा विभागका महानिर्देशक पौडेलले विभाग मातहतका कार्यालयहरु प्रविधिमैत्री बन्दै गएको र यी कार्यालयहरुबाट सर्वसाधारणलाई सहजै सेवा उपलब्ध गराइएको बताउनुभयो ।

नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा. महेन्द्र बिष्टले नागरिकका प्रत्यक्ष सरोकार जोडिएका कार्यालयले ल्याएका सुधारको योजनाले मुलुकमै शुसासन स्थापित गराउन सहज हुने धारणा राख्नुभएको थियो ।

यसैगरी, कार्यक्रममा नेपाल टेलिभिजनका नायव महाप्रबन्धक विष्णुराम न्यौपानेले नेपाल टेलिभिजनको पहूँच ७६ प्रतिशत जनसंख्यामा पुगिससकेको र अब प्रविधि र प्रशारणको विकासमा निरन्तर लागिरहेको बताउनुभयो ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.