यातायात सञ्चालनबारे व्यवसायीको तयारी के छ ? (भिडियो)
काठमाडौं– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सार्वजनिक यातायातका साधनहरु संचालन सुरुगर्ने बारे सरोकारवालाहरुसित छलफल भइरहेको जनाएको छ ।
छलफलपछि त्यस्ता साधनहरु कहिलेदेखि सञ्चालन गर्ने भन्ने निर्णय गरिने महासंघले बताएको छ । सरकारले आगामी भदौ ५ गतेदेखि सार्वजनिक यातायातका साधनहरुलाई चल्न दिने निर्णय गरेको छ । तर यातायात साधनहरु चलाउँदा यातायात साधनका मजदूर कर्मचारीहरु र यात्रुहरुले पालना गर्नु पर्ने मापदण्ड सरकारले जारी गरि नसकेको महासंघले बताएकोछ ।
महासंघको बुधबार बसेको बैठकले सरकार सित सो मापदण्ड छिटो सार्वजनिक गर्न माग गर्दै सार्वजनिक यातायात संचालनको वातावरण बनाउन माग गरेको छ । महासंघका महासचिव सरोज सिटौलाले चैत्र ११ गतेदेखि सुरु भएको लकडाउनका कारण थन्किएका सवारी साधनहरु बिग्रिएका छन् ।
उहाँले सरकारले यातायात व्यवसायीहरुलाई ब्याज मिनाहा लगायतका आर्थिक सहुलियत दिने निर्णय गरे पनि सो को कार्यान्वयन हुन नसेकेको बताउनुभएको छ । मुलुकमा साढे तीन लाखको संख्यामा सार्वजनिक सवारी साधनहरु रहेको तथ्याङ्क छ ।
प्रतिक्रिया राख्नुहोस्