सञ्चयकर्ताले कोषको सेवा लिन कार्यालय नै पुग्नुपर्ने अवस्थाको अन्त्य

काठमाडौं- कर्मचारी सञ्चयकोषले कोभिड-१९ को महामारीका कारण अनलाइन पद्धतिबाटै सेवा लिन पाउने व्यवस्था गरेको छ ।

कोषको ५९ औ वार्षिकोत्सवको अवसरमा भर्चुअल माध्यमबाट आयोजित कार्यक्रममा कोषले आफ्ना सेवा अनलाइनबाटै लिन पाउने व्यवस्था गरिएको जानकारी दिएको हो ।

कोरोनाका कारण उत्पन्न परिस्थितिमा सञ्चयकर्ताले कोषको सेवा लिन कार्यालय नै पुग्नुपर्ने अवस्थाको अन्त्य गर्दै सूचना प्रविधिको उपयोग गर्दै सेवा लिन सक्ने व्यवस्था मिलाइएको सञ्चयकोषले जनाएको छ ।

कार्यक्रममा कोषका प्रशासक तुलसी प्रसाद गौतमले प्रत्येक सञ्चयकर्तालाई आर्थिक सुरक्षा प्रदान गर्दै लगानीलाई सुरक्षित र प्रतिफलयुक्त बनाउन कोष प्रतिबद्ध रहेको बताउनुभयो ।-

कर्मचारी सञ्चयकोषको ५९औं बार्षिकउत्सव कर्मचारीलाई आथिकरुपले सबल बनाउने बिशेष योजना सम्बन्धी कार्यक्रम

https://youtu.be/gViZwNcZF84

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.