जातीय भेदभाव गरेको आरोपमा ३ महिना कैद र ५० हजार जरिवाना

गुल्मी- जातीय भेदभाव गरेको आरोपमा गुल्मीको कालीगण्डकी गाउँपालिका फोक्सिङका नेत्र बहादुर काउछालाई अदालतले ३ महिना कैद र ५० हजार रुपैँया जरिवाना हुने फैसला गरेको छ ।

सोही ठाउँका दलित श्याम बहादुर नेपाली काउछाको घरमा पसेकोमा नेपालीलाई जरिवाना तिराएर भेदभाव गरेको आरोपमा काउछालाई अदालतले सजाँय तोकेको हो ।

जिल्ला न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले प्रतिवादी काउछाबाट अपराध पीडित संरक्षण ऐन २०७५ बमोजिम क्षतिपूर्ति बापत दुई सय रुपैँया क्षतिपूर्ति शुल्क कोषमा जम्मा गराउने समेत फैसला सुनाएको श्रेस्तेदार उप–सचिव भीमप्रसाद भुसालले जानकारी दिनुभयो । पीडित नेपालीले क्षतिपुर्ति बापत १० हजार रुपैँया पाउने ठहर पनि अदालतले गरेको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.