पर्सामा थपिए नयाँ १७ जना कोराना संक्रमित

पर्सा- पर्सामा नोबेल कोरोना भाइसरबाट संक्रमित भएका आज १७ जना व्यक्ति थपिएका छन् । नारायणी अस्पतालको प्रयोगशालामा गएराती गरिएको पिसिआर परीक्षणमा जिल्लाका ५ जना महिला र १२ जना पुरुषमा संक्रमण पुष्टी भएको हो ।

बारा, पर्सा र रौतहटको विभिन्न स्थानबाट संकलन गरिएका २ सय ९० जनाको स्वाबको नमुनालाई नारायणी अस्पतालको प्रयोगशालामा पिसिआर परीक्षण गर्दा पर्साबाट १७ जना एवं बारा र रौतहटबाट १-१ जना गरी कुल १९ जनामा संक्रमण पुष्टी भएको नारायणी अस्पतालका सुचना अधिकारी डा अतुलेश प्रसाद चौरसियाले जनाकारी दिनुभयो ।

उहाँले भेटिएका संक्रमित मध्ये सबैभन्दा बढी वीरगन्ज महानगरपालिकाबाट १० जना रहेको बताउनुभयो ।

यो सँगै पर्सामा संक्रमित हुनेको संख्या २ हजार ४ सय ७३ पुगेको छ भने १ हजार ८ सय ४१ जना संक्रमण मुक्त भइ घर फिर्ता भएका छन् । कोराना संक्रमण कै कारण पर्सामा हालसम्म ४२ जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.