गाडी त खुले, यात्रु छैनन् (भिडियो रिपोर्ट)
धादिङ- सरकारले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि ६ महिनादेखि बन्द गरेको लामो दुरीका सावारी साधनहरु आजदेखि खुले पनि राजमार्गहरुमा नगन्य मात्रामा सवारी साधनहरु गुडेका छन् ।
सरकाले गत चैत्र ११ गतेदेखि सार्वजनिक यात्रुवाहक सवारीका साधनहरु सञ्चालनमा रोक लगाएको थियो । लामो दुरीका यात्रुवाहक सार्वजनिक सवारीका साधनहरु आजदेखि फाट्टफुट्ट रुपमा नागढुङ्गा नाकाबाट उपत्यका भित्रिएका छन् ।
खासगरी, पोखरा, धादिङ र चितवनबाट यात्रुवाहक सवारीका साधनहरु उपत्यका प्रवेशका लागि आएका छन् । यसरी आएका सावारीका साधनहरुमा यात्रुहरु पनि निकै कम छन् । यात्रुहरुले पनि सार्वजनिक सवारीका साधन चढ्दा अपनाउनुपर्ने स्वास्थ्य सावाधानी अपनाएका राजमार्ग प्रहरीको भनाइ छ ।
त्यसो त नागढुङ्गा नाकाबाट बाहिरिने सवारीका साधनहरुको संख्या पनि नगन्य मात्रामा रहेको प्रहरीले जानकारी दिएको छ । राजधानी प्रवेशका लागि आएका माईक्रोवस र मिनी बसहरु पृथ्वी राजमार्गमा कम मात्र देखिएका छन् । पृथ्वी राजमार्ग हुँदै भाडाका सार्वाजनिक सवारीका साधनहरु भन्दापनि अधिकांश मानिसहरु निजी र साना सवारीका साधनहरु प्रयोग गरी राजधानी प्रवेश गरको प्रहरीको भनाइ छ ।
यसैगरी, आजदेखि लकडाउन र निषेधाज्ञा खुलेको भन्दै मोटसाइलबाट यात्रा गरी गन्तव्यमा जानेहरुको संख्या पनि पृथ्वी राजमार्गमा धेरै छन् । पृथ्वी राजमार्गमा सार्वजनिक यातायात गुड्न थालेसँगै राजमार्गमा होटलहरु पनि खुल्न थालेका छन् ।






प्रतिक्रिया राख्नुहोस्