६ महिनापछि सुरु भयो आन्तरिक हवाई उडान (फोटो फिचर)

काठमाडौं– आजदेखि आन्तरिक हवाई उडान सुरु भएको छ ।

तोकिएको स्वास्थ्य मापदण्डको पालना गरी आन्तरिक हवाई उडान शुरु गर्ने अनुमित पाएसँगै उडान सुरु भएको हो । उडानका बेला मास्क,सेनिटाईजर सहित स्वास्थ्य मापदण्ड पालना गर्न भने अनिवार्य गरिएको छ । बन्दाबन्दी र निषेधाज्ञाको समयमा पनि छिटपुट रुपमा सञ्चालनमा रहेको आन्तरिक उडान आजदेखि भने नियमित सुचारु गरिएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले जानकारी दिनुभयो ।

अन्तरराष्ट्रिय उडान भने गत भदौ १६ गतेदेखि सञ्चालन भइरहेको छ । पिसिआर सहज भएका मुलुकबाट नियमित अन्तरराष्ट्रिय उडान भइरहेको छ। त्यस्तै अन्य केही मुलुकहरुबाट चार्टर्ड उडान तथा नेपाली श्रमिक भएका मुलुकबाट उद्धार उडान पनि भइरहेका छन् ।

हाल अन्तरराष्ट्रिय विमानस्थलमा दैनिक २० वटा उडान हुने गरेको विमानस्थल कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.