गृहकार्यका लागि भन्दै नेकपा बैठक स्थगित
काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक स्थगित भएको छ ।
आन्तरिक गृहकार्य गर्नुपर्ने भएकाले सोमबारका लागि तय भएको बैठक स्थगित भएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । ‘हाम्रो पार्टीको आज अपरान्ह १ बजे पेरिसडाँडामा बस्ने गरी तय भएको केन्द्रीय सचिवालयको बैठक भोलि असोज ६ गते १२:३० बजे बालुवाटारमा बस्ने भएको छ,’ उहाँले भन्नुभयो ।
नेकपा केन्द्रीय कार्यालय पेरिसडाँडामा आइतबारदेखि सुरु भएको बैठकमा सरकार पुनर्गठन, राजनीतिक नियुक्तिलगायत चार एजेन्डामा छलफल भएको थियो ।
प्रतिक्रिया राख्नुहोस्