जुम्लामा ६ महिनापछि उडान सुरुः कर्मचारी तथा यात्रुहरु उत्साहित

जुम्ला- कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि भन्दै सरकारले लकडाउन जारी गरेपछि झण्डै ६ महिनासम्म बन्द भएका आन्तरिक उडान आज सोमवारदेखि सुरू भएको छ । आज पहिलो दिन जुम्लामा सुमित एयरलाइन्सरले उडान भरेको छ ।

विमानस्थलले आन्तरिक उडान सुरु भएकाले आवश्यक तयारी तथा सुरक्षाका मापदण्ड सम्बन्धी बिभिन्न व्यवस्था गरेको जनाइएको छ । छ महिनापछि भएपनि जहाज उडान भएपछि कर्मचारी तथा यात्रुहरु उत्साहित बनेका छन् ।

जहाजको एकतर्फी भाडा पुरानै पाँच हजार पाँचसय कायम गरिएको यात्रुको भनाइ छ । जुम्लामा मात्र यो उडान गर्नका लागि सहज नभएको अर्का यात्रु दिल बहादुर महतले बताउनुभयो । कर्णालीका हुम्ला, मुगु तथा डोल्पामा यसअघिनै उडान हुने गरेको तर जुम्लामा मात्र उडान अनुमति असहज बनाइएको गुनासो व्यक्त गर्नुभयो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.