जुम्लामा अनसनरत डा केसीलाई उपचारका लागि काठमाडौं ल्याइयो

काठमाडौं- जुम्लामा आठ दिनदेखि अनसनरत डा. गोविन्द केसीलाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ ।

तीन दिनदेखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचाररत डा केसीलाई हिजो समिट एयरबाट जुम्लादेखि काठमाडौँ पठाइएको प्रतिष्ठान अस्पताल निर्देशक डा मङ्गल रावलले जानकारी दिनुभयो ।

डा केसीको चाहना अनुसार नै उहाँको स्वास्थ्य अवस्थालाइ ध्यानमा राखेर नै काठमान्डौ पठाइएको उहाँले जानकारी दिनुभयो । पन्ध्रौ सत्याग्रहमा जुम्ला बस्नुभएका डा केसी उन्नाईसौ सत्याग्रह पुनः जुम्लामै गर्नुभएको थियो । काठमाडौं पुगेपछि पनि सत्याग्रह जारी राख्ने डा केसीले बताउनुभएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.