अमेरिकाद्वारा इरान विरुद्ध नयाँ प्रतिबन्ध घोषणा

वासिङ्टन- संयुक्तराज्य अमेरिकाले इरानी अधिकारीहरु र संस्था विरुद्ध नयाँ प्रतिबन्धहरु लगाएको घोषणा गरेको छ । इरान विरुद्ध नाकाबन्दी लगाउने सम्बन्धमा राष्ट्रसंघमा सहमति नजुटे पनि अमेरिकाले एकतर्फी रुपमा प्रतिबन्ध लगाएको हो ।

इरानी रक्षामन्त्री र भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरो समेतका व्यक्ति विरुद्ध प्रतिबन्धहरु लगाउने सम्बन्धी एक कार्यकारी आदेशमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हस्ताक्षर गर्नु भएको सिएनएनले जनाएको छ ।

अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले जारी गर्नुभएको वक्तव्यमा इरान विरुद्ध हतियार आपूर्ति रोक्ने राष्ट्रसंघीय प्रतिबन्धहरु अब अनिश्चितकालसम्म जारी रहने दाबी गर्नुभएको छ । उहाँले इरानले आफ्नो व्यवहारमा परिवर्तन नल्याउँदासम्म यी प्रतिबन्धहरु लागू भइरहने बताउनुभयो ।

राष्ट्रसंघ सुरक्षा परिषदमा सहमति नभए पनि संयुक्तराज्य अमेरिकाले एकपक्षीय रुपमा इरान विरुद्ध राष्ट्रसंघीय प्रतिबन्धहरु लागू भएको घोषणा गरेको छ । केही जानकारहरुले इरान विरुद्ध एकपक्षीय प्रतिबन्ध घोषणा गर्ने कानुनी अधिकार अमेरिकासँग नरहेको जिकिर गरेका छन् ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.