पाँचखालका विद्यालय सञ्चालनमा आए

काभ्रे- कोरोना भाइरस कोभिड-१९ को प्रभावका कारण लामो समयदेखि बन्द रहेका पाँचखाल नगरपालिकाभित्रका सामुदायिक तथा निजी विद्यालयहरु स्वास्थ्य सुरक्षा मापदण्ड अप्‍नाएर आजबाट सञ्चालनमा आएका छन् ।

विद्यालय सञ्चालनमा आएको आज पहिलो दिन पाँचखाल नगरपालिकाका नगर प्रमुख महेश खरेल विद्यालय सञ्चालनको अवस्था र त्यहाँ भएको समस्याहरुको बारेमा जानकारी लिन विद्यालयहरुमा पुगेर जानकारी लिनुभयो ।

विद्यालय सञ्चालनमा आएसँगै विद्यार्थीहरुलाई आवश्यक स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर पठनपाठन शुरु गरेको शिक्षकहरु बताउँछन् । कोरोना महामारीको प्रभावका कारण लामो समयदेखि बन्द भएको विद्यालय सञ्चालनमा आएपछि कक्षा कोठामा आएर पढ्न पाएकामा विद्यार्थीहरु पनि खुशि लागेको बताउँछन् ।

पाँचखाल नगरपालिकाले विद्यालयहरु सञ्चालन गर्ने निर्णय भएपछि पठनपाठन शुरु गरेसँगै काभ्रेका अन्य स्थानीयतहहरुले पनि विद्यालय सञ्चालनका लागि आवश्यक तयारी गर्न थालेका छन् ।

विद्यालयहरु सञ्चालनमा आएपनि कोरोना संक्रमणका जोखिम अझै रहिरहेकाले विद्यार्थीहरुलाई स्वास्थ्य सुरक्षाको लागि विद्यालयमा हुनुपर्ने भौतिक दुरीको ब्यवस्थापन लगायतका विषयमा विशेष ध्यान दिन आवश्यक रहेको अभिभावकहरु बताउँछन् ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.