तीन सातापछि रसुवागढी नाकाबाट चिनियाँ सामाग्रीको आयात सुरु

रसुवा- चीनसँगको व्यापारिक नाका रसुवागढी बन्द भएको तीन सातापछि आजबाट सञ्चालनमा आएसँगै चिनियाँ सामग्रीको आयात सुरु भएको छ ।

नेपालतर्फ समान लोड-अनलोड गर्ने एकजना कामदारमा कोरोना संक्रमण देखिएपछि कोभिडको जोखिम देखाउँदै चिनियाँ पक्षले करिब तीन सातादेखि बन्द गरेको रसुवागढी-केरुङ नाकामा आजबाट चिनियाँ सामग्रीको आयात सुरु भएको हो ।

कोभिडको जोखिम देखाउँदै चिनियाँ पक्षले मितेरी पुलको नजिकै निमार्ण गरिएको अस्थायी याडसम्म सामान ल्याएर झारिदिने र त्यहाँबाट नेपाली पक्षले लोड गरेर नेपाल ल्याउनुपर्ने व्यवस्था मिलाईएको छ ।

व्यवसायीहरुले अघिल्लो वर्ष नै मगाएका लत्ताकपडा, जुत्ता, मेसिनरी, विद्युतीय सामग्री, कच्चा पदार्थ, लगायत सामग्री केरुङमै अड्किँदा ठूलो आर्थिक नोक्सानी व्यहोर्नुपरेको अवस्थामा नाका खुलेपछि सामान नेपाल आउने आशाा पलाएको व्यवसायी धर्म पौडेलले बताउनुभयो ।

नेपालीहरुको महान चाड बिजया दशमी तथा दिपावली जस्ता चाडबाड लक्षित सामानहरु बढी परिमाणमा सीमामा रहेकाले यस्ता सामानहरु नेपाल पठाउन चीनीया पक्षलाई आग्रह गरिएको रसुवा भन्सार प्रमुख पुन्य बिक्रम खड्काले बताउनुभयो ।

रसुवागढी नाका हुँदै चीनसँग हुने व्यापारमा ८ महिनादेखि जारी कोरोना महामारी, बाढी पहिरोका कारण पन्ध्र सय भन्दा बढी कन्टेनरलाई पुग्ने समाग्री केरुङमै रोकिएको ब्यापारीहरूको भनाइ छ । गत आर्थिक बर्षमा रसुवागढी नाका भएर २६ अर्ब ४६ करोड बराबरको सामग्री भित्रिएको थियो यो चीनबाट हुने कुल आयातको १५ प्रतिशत हो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.