ढोरपाटनका पहिरो पिडितलाई बसोबासको समस्या
बाग्लुङ- ढोरपाटनमा गत भदौ १७ गते राति गएको भिषण बाढी पहिरोबाट बिस्थापित भएकाहरुको बसोबासमा समस्या बढदै गएको छ ।
बागलुङको ढोरपाटन नगरपालिका वडा न. ६,७,८ र ९ मा बाढी पहिरोबाट बिस्थापित भएका झन्डै १ सय ४६ घरपरिवार अहिले अस्थाई रुपमा बिद्यालय,आफन्तकोमा र त्रिपाल हालेर बस्न बाध्य भएका छन ।
अहिले अस्थायि रुपमा रहेकोलाई एकै स्थानमा राखिएको छ ।
उनीहरुलाई अहिले बस्नको समेत समस्या परेको छ भने कतिपय त बिरामी हुन थालेका छन ।
उपचारको समस्या, महिलाहरु बस्ने स्थान छुटटै नहुनु, शौचालय पर्याप्त नहुनु, बालबालिकाले उचित खानपान नपाउनु, पानी पर्दै गएपछि चिसो हुँदै जानु, थोरै स्थानमा धेरै मानिस बस्नुपर्ने बाध्यताले पनि समस्या बढेको छ ।
यी समस्या हुँदा हुँदै पनि महिला र पुरुष एकै स्थानमा बस्नु पर्दा महिलाहरुलाई थप कठिनाई हुने गरेको पिडित महिलाहरु बताउँछन ।
ढोरपाटन नगरपालिका वडा न. ६,७,८ र ९ मा बाढीले बस्ती नै बगाउँदा ठुलो मानवीय र भौतिक क्षति भएको थियो ।
पहिरोबाट बिस्थापित भएकाहरुलाई यो स्थानमा बस्ती बसाल्न कठिन देखिएको छ ।
जाडो मौसम सुरु हुन लाग्दा पहिरो पिडितहरुलाई थप समस्या हुने चिन्ता बढेको छ।
यता ढोरपाटन नगरपकिालका प्रमुख देवकुमार नेपालीले तत्कालै घर बनाउन नसकिने भएकाले महिलाहरुको समस्यालाई ध्यानमा राखेर थप त्रिपालको व्यवस्थापन गरेर समस्या समाधान गरिने बताउनुहुन्छ ।
चार्डबार्ड नजिकिँदै गर्दा बाहिर रहेको आफन्तजनहरु घर फर्कने र बसाई पनि असहज हुने भएपछि पहिरो पिडितहरु थप चिन्तामा परेका छन ।।
प्रतिक्रिया राख्नुहोस्