सीमा क्षेत्रमा पुर्वाधार विकास र स्थानीयका लागि सुविधा बढाइनेः गृहमन्त्री
दार्चुला- गृहमन्त्री रामबहादुर थापाले सीमाको सुरक्षा सुरक्षाकर्मी राखेर मात्रै नहुने बताउनुभएको छ । दार्चुलाको व्यासस्थित छांगरुमा स्थापना भएको सशस्त्र प्रहरी बल गुल्मको उद्घाटन तथा सशस्त्र प्रहरीको लागि निर्माण हुने भवन निर्माणको शिलन्यास गरेर फर्किने क्रममा सदरमुकाम खलंगामा आयोजित पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनुभएको हो ।
सीमाको रक्षा सरकारले मात्र गर्ने नभई सीमा क्षेत्रका नागरिकले गर्नुपर्ने बताउनुभयो । नागरिकको सुरक्षा र नागरिकको उचित व्यवस्थापन गर्न सके मात्रै सीमा बलियो हुने उहाँको भनाइ छ ।
सिमानामा बसोबास गर्ने नागरिकलाई सुविधा दिनका लागि अध्यागमन बोर्ड स्थाना गरी जनताको शिक्षा स्वास्थ्य र रोजगारिका लागि विशेष व्यवस्था गर्न सरकारले उचित ध्यान दिने गृहमन्त्री थापाले बताउनुभयो ।
गृहमन्त्री नेतृत्वको टोलीले स्थलगत अध्ययन भ्रमण गरी छांगरुका नागरिकसँग अन्तरक्रिया पनि गरेको छ । गृहमन्त्री थापासँगै दार्चुलाका सांसद गणेशसिह ठगुन्ना, गृह सचिव महेश्वर न्यौपाने, सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल लगाएत व्यक्तिहरु सहभागी रहेका थिए ।-
प्रतिक्रिया राख्नुहोस्