पर्सामा थप १३ जना संक्रमित
पर्सा- नोबेल कोरोना भाइरसका १३ जना संक्रमित आज पर्सामा भेटिएका छन् ।
वीरगन्जको नारायणी अस्पातलको प्रयोगशालामा गरिएको पीसीआर परिक्षणबाट १३ जना पुरुषमा संक्रमण पुष्टी भएको हो ।
नारायणी अस्पतालको प्रयोगशालामा गएराति १ सय ९२ वटा स्वाबको नमुना परिक्षण गर्दा बाराका ३ जना, रौतहटका १ जना र पर्साको १३ जना गरी कुल १७ जनामा संक्रमण पुष्टी भएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेश प्रसाद चौरसियाले जनाकारी दिनुभयो ।
उहाँले पर्साको ग्रामिण भेगबाट ६ जना र वीरगन्ज महानगरपालिकको विभिन्न वडाबाट ७ जना संक्रमित भेटिएको बताउनुभयो।
पर्साको कालिकामाई गाँउपालिकाबाट २, विन्दवासनी गाँउपालिकाबाट २ जना, जगरनाथपुर गाँउपालिकाबाट १, बहुदरमाई नगरपालिकाबाट १ जना, वीरगन्ज महानगरपालिकाको वडा नं. ३२ बाट ४ जना, वडा नं.१६ बाट २ जना र वडा नं. २५ बाट १ जना संक्रमित भेटिएको प्रवक्ता चौरसियाले जानकारी दिनुभयो ।
योसँगै पर्सामा संक्रमितको संख्या २ हजार ५ सय ७७ पुगेको छ भने २ हजार १ सय ३३ जना संक्रमण मुक्त भई घर फिर्ता भएका छन् ।
नोबेल कोरोना भाइरसको संक्रमण कै कारण पर्सामा हालसम्म ४५ जनाको मृत्यु भइसकेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।।
प्रतिक्रिया राख्नुहोस्