सतर्कता नअपनाए चार्डपर्वका बेला समेत लकडाउन गर्न बाध्य हुने (भिडियो रिपोर्ट)

मोरङ- कोरोनाको उच्च जोखिममा रहेको प्रदेश १ को राजधानी विराटनगरमा र्सवसाधारणहरुले स्वास्थ्य सतर्कता नअपनाईं दिदा कोरोनाको जोखिम बढेको छ । प्रदेश नं. १ मा कोरोना संक्रमणबाट ६७ जनाको मृत्यु भईसकेको छ । चार्डपर्वको बेला कोरोना संक्रमित बढेर भयावह स्थिति आए फेरि लकडाउन र निषेधाज्ञा लगाउन बाध्य हुने विराटनगर महानगरपालिकाले जनाएको छ ।

चार्डपर्व नजिकिए संगै प्रदेश नं. १ को राजधानी विराटनगरमा भिडभाड बढेपछि कोरोना संक्रमणको जोखिम बढेकेा छ । संघिय सरकार र स्थानीय सरकारले भौतिक दुरी कायम गर्न र अनिवार्य मास्क लगाउन निर्देशन दिएपनि बजारमा आउनेहरुले मास्क प्रयोग नगर्ने मात्र होइन भौतिक दुरी समेत कायम नगरी भिडभाड गरेकाले कोरोनाको जोखिम बढेकेा हो ।

प्रदेश नं. १ मा सबैभन्दा बढी मोरङमा करिब ३ हजार ४ सय कोरोना संक्रमितहरु फेला परेका छन् । त्यसमा पनि राजधानी विराटनगरमा कोरोना संक्रमितहरुको संख्या दैनिक बढ्दो छ ।

कोरोना संक्रमितहरुको संख्या अत्यधिक बढे तथा र्सवसाधारणहरुले स्वास्थ्य सतर्कता नअपनाएर बजारमा भिडभाड गरे चार्डपर्वका बेला समेत लकडाउन गर्न बाध्य हुने विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले बताउनु भयो ।

लकडाउन र निषेधाज्ञा हटेपछि बजारमा मात्र होइन सरकारी कार्यालयहरुमा समेत भिडभाड बढेको छ । जिल्ला प्रशासन कार्यालय मोरङले स्वास्थ्य सतर्कता अपनाउन सेवाग्राहीहरुलाई आग्रह गरेको भएपनि सर्वसाधारणहरुले मापदण्ड उल्लंघन गरिरहेको जनाएको छ । कोरोनाको संक्रमण फैलिन नदिन स्वयं जनता नै सचेत हुनुपर्ने मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले बताउनु भयो ।

कोरोनाको उच्च जोखिममा रहेको विराटनगरमा स्वास्थ्य सतर्कता नअपनाइएको पाइएपछि जिल्ला प्रशासन कार्यालय नेतृत्वको बजार अनुगमन टोलीले बजार अनुगमनसँगै कोरोनाको अनुगमन पनि गरिरहेकेा जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.