५ नम्बर प्रदेश राजधानीको बिषयलाई लिएर प्रदेश सभामा तोडफोड

बुटवल- प्रदेश राजधानी दाङ सार्ने प्रस्तावको विरोधमा प्रदेश पाँचको प्रदेश सभा तोडफोड भएको छ ।

नेपाली काँग्रेससहित विपक्षी दलका सांसदहरुले बुटवलस्थित प्रदेशसभामा कुर्ची र माइक तोडफोड गरेर राजधानी दाङ सार्ने प्रस्तावको विरोध गरेका हुन् ।

तोडफोड भएपछि मुख्यमन्त्री शंकर पोखरेल सभा भवनबाट बाहिरिनु भएको छ । तर प्रदेशसभा भने शुरु भएको छ । प्रदेशसभामा सत्तारुढ नेकपाका सांसद भोजप्रसाद श्रेष्ठ र विष्णु पन्थीले राजधानी सार्ने प्रस्तावको विरोध गर्दै त्यसमा पुनर्विचार हुनुपर्ने माग गरेका छन् ।

त्यसअघि दलहरुको अवरोधका कारण प्रदेशसभा अनिश्चित भएको थियो । काँग्रेससहित विपक्षी दलहरु दाङ राजधानी सार्ने प्रस्तावको विपक्षमा छन् । सत्तारुढ दल नेकपाकै साविक लुम्विनी अंचलका जिल्लाका सांसदहरु पनि विरोधमा छन्।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.