रुमालमा बाँधिएको कागजको बिटोलाई डलर भन्दै झुक्याएर ठगी गर्ने पक्राउ

काभ्रे- कम मुल्यमा १७ हजार अमेरिकी डलर सटही गरिदिने प्रलोभनमा ठगी गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

नुवाकोटको दुप्चेश्वर- २ पेम्जोम शेर्पाको १० लाख ठगी गर्ने सिन्धुपाल्चोकको बाह्रविसे-५ का ३८ बर्षीय श्रीखण्ड तामाङ, सोही स्थानमा घर भइ बुढानिलकण्ठ बस्दै आएका हर्क तामाङ, बाह्रविसे- ५ कै ४७ बर्षीय बुद्धि चैते भन्ने बुद्धि बहादुर तामाङ र ६० बर्षीय गोबिन्द तामाङ पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी रविकुमार पौडेलले जानकारी दिनुभयो ।

पौडेलका अनुसार, शेर्पालाई सो समुहले चीनमा ठूलो संख्यामा डलर भेटाएको र सस्तो मुल्यमा सटही गरिदिने प्रलोभन देखाएर पाँचखाल-४ लामीडाँडा बोलाएका थिए । रुमालमा बाँधिएको कागजको बिटोलाई डलर भन्दै झुक्याएर ठगी गरेर भागेका थिए ।

ठगिएका शेर्पाले ठगी गर्ने मध्येका श्रीखण्डलाई बनेपामा देखेर प्रहरीलाई खबर गरेपछि आइतबार पक्राउ परेका थिए । हर्कलाई आइतबारै बुढानिलकण्ठबाट र सोमबार बुद्धिबहादुरलाई सागाचोकबाट र गोबिन्दलाई भिरकुनाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानले चारै जना काठमाडौं उपत्यकासहित अन्य जिल्लामा पनि यस्तै ठगीमा पनि संलग्न भएको खुलेको एसपी पौडेलले जानकारी दिनुभयो ।

प्रहरीले मुलुकी अपराध संहिता, २०७४ को ठगी सम्बन्धी कसुरमा अदालतमा पेश गरी म्याद थप अनुमती लिएर थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डिएसपी कुमार विक्रम थापाले जानकारी दिनुभयो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.