तीन घण्टाभित्रै रिपोर्ट आउने आधुनिक पीसीआर परिक्षण मेसिनसहितको ल्याव संचालनमा

पर्सा- पर्सामा परीक्षण गरेको ३ घण्टाभित्रै रिपोर्ट आउने आधुनिक पीसीआर परिक्षण मेसिन सहितको ल्याव संचालनमा ल्याइएको छ । पर्सामा पछिल्लो समय फेरि संक्रमितको संख्या बढिरहेकोले नयाँ परिक्षण मेशिन संचालनमा ल्याइएको हो ।

नयाँ परीक्षण मेशिन संचालनसँगै परीक्षण रिपोर्टको लागि समय कुर्नु पर्ने बाध्यताको अन्त्य हुने अपेक्षा गरिएको छ । नयाँ पीसीआर परिक्षण मेशिन सहितको ल्याव संचालनको एक समारोहको बीच बीरगंजमा उदघाटन गरिएको छ ।

त्यसबखत पर्साका प्रमुख जिल्ला अधिकारी आसमान तमाङले नयाँ मेशिन संचालनमा आएसँग थुप्रै सहजता थपिएको बताउनु भयो । नयाँ मेशिन सहितको ल्याव संचालनमा आएपछि पिसिआर परिक्षण र रिपोर्टको लागि सर्वसाधारणले बेहोरी रहेको समस्या कम हुने नेशनल मेडिकल कलेजका निर्देदशक डा. प्रमोद सरार्फले बताउनु भयो ।

नेशनल मेडिकल कलेज अन्तर्गत वीरगञ्जको नगवामा संचालित अस्थायी कोरोना अस्पतालको लागि नयाँ परिक्षण मेशिन सहितको ल्याव संचालनमा ल्याइएको हो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.