प्रदेश नम्बर ५ को नाम “लुम्बिनी” राख्ने प्रस्ताव दुई तिहाईले पारित
काठमाडौ- प्रदेश नम्बर पाँचको नाम लुम्बिनी राख्ने प्रस्ताव दुई तिहाई मतले पारित भएको छ ।
प्रदेश सभामा आज भएको मतदानमा नामाकरण लुम्बिनी राख्ने प्रस्तावको पक्षमा ७९ मत परेको थियो । प्रस्तावको विपक्षमा ४ मत परेको थियो ।
कूल ८७ प्रदेश सभा सदस्यहरु मध्ये आज ८३ सदस्य उपस्थित हुनुहुन्थ्यो ।
प्रदेश सरकारले स्थायी राजधानी र नामाकरणको विषयमा टुंगो लगाउने प्रस्तावहरु माथि आज भएको मतदानसँगै नाम र राजधानीको निधो भएको हो ।
यसअघि प्रदेशको स्थायी राजधानी दाङको देउखुरी उपत्यकामा राख्ने निर्णय प्रदेश सभाले गरेको थियो ।।
प्रतिक्रिया राख्नुहोस्