भारतमा कोभिड–१९ सङ्क्रमण र मृत्यु सङ्ख्यामा पनि समान्य कमी

विगत २४ घण्टामा कोभिड–१९ बाट थप सङ्क्रमितको सङ्ख्या ६१ हजार २६७ रहेको संघीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतमा अहिलेसम्म कूल सङ्क्रमितको सङ्ख्या ६६ लाख ८५ हजार ८२ पुगेको मन्त्रालयले जनाएको छ ।

विगत २४ घण्टामा देशभर मृत्यु हुनेको सङ्ख्या ८८४ रहेको छ भने अहिलेसम्म कूल एक लाख तीन हजार ५६९ पुगेको सरकारी अधिकारीले पुष्टि गरेका छन् ।

यो महिना (अक्टोबर)को पहिला पाँच दिनको तथ्याङ्क हेर्दा भारतमा कोभिड–१९ सङ्क्रमण तथा सङ्क्रमित विरामीको मृत्यु दरमा सामान्य कमी देखिएको छ ।

अक्टोबर १ का दिन ८६ हजार ८२१ व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र मृत्यु एक हजार १८१ रहेकोमा अक्टोबर २ मा सङ्क्रमितको सङ्ख्या करिब पाँच हजारले कमी आई ८१ हजार ४८४ भएको थियो ।

त्यस्तै मृत्यु सङ्ख्यामा पनि करिब १०० ले कमी आई एक हजार ९५ मा झरेको थियो । महिनाको तेस्रो दिन सङ्क्रमितको सङ्ख्या अघिल्ला दिनको तुलनामा थप कमी आई ७९ हजार ४७६ कायम भएको थियो भने मृत्यु सङ्ख्या एक हजार ६९ मा झरेको थियो ।

अक्टोबरमा ४ मा सङ्क्रमितको सङ्ख्यामा थप कमी आई ७५ हजार ८२९ र मृतक सङ्ख्या ९४० भयो भने अक्टोबर ५ मा सङ्क्रमितको सङ्ख्या ७४ हजार ४४२ भयो र ९०३ सङ्क्रमितको मृत्यु भयो ।

भारतमा अहिलेसम्म ५६ लाख ६२ हजार ४९० व्यक्ति कोभिड–१९ सङ्क्रमणमुक्त भइसकेका छन् भने अझै पनि नौ लाख १९ हजारभन्दा बढी व्यक्तिमा सङ्क्रमण रहेको छ ।

भारतीय चिकित्सा अनुसन्धान परिषद् (आईसीएमआर) का अनुसार भारतमा मङ्गलबारसम्म कूल ८१ लाख ७१ हजार ७९७ व्यक्तिको कोभिड–१९ परीक्षण भएको छ । योमध्ये सोमबार मात्र एक लाख ८९ हजार ४०३ व्यक्तिको कोभिड–१९ परीक्षण भएको बताइएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.