चितवन सर्पले डस्दा १ बालक मृत्यु, २ जना गम्भीर
चितवन – पश्चिम चितवनमा विषालु सर्पले डसेर २ वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर १९ शरदानगर बस्ने रुबी सुनारको छोरा २ वर्षीय रायन रामदाम रहेका छन् ।
सुतिरहेको अवस्थामा सर्पले डसेपछि बालकको चितवन मेडिकल कलेजमा उपचारको क्रममा मंगलबार बि हान ५:५० बजेको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्य थापाले जानकारी दिए । सर्पले डस्दा मृतकको आमा २६ वर्षकी रुबी सुनार गम्भीर घाइते भएकी छिन् ।
सुनारको सरकारी अस्पतालमा उपचार भइरहेको छ । त्यस्तै सर्पले डस्दा ५६ वर्षकी केशरी बि.क.को अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ । उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।
प्रतिक्रिया राख्नुहोस्