धादिङमा ट्रक दुर्घटनाः २ जनाको मृत्यु

धादिङ- धादिङको बेत्रावती गाउँपालिकामा भएको ट्रक दुर्घटनामा २ जनाको मृत्यु भएको छ । धादिङबेशीबाट उत्तरी धादिङको बेतिनी जाँदै गरेको ट्रक चरङ्गे पौवामा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो ।
घाइते २ जनालाई उपचारका लागि काठमाडौ ल्याइएको छ । मृतक बेखबहादुर गुरुङ र दलबहादुर तामाङ रहेको हाम्रा समाचारदाता शिव सिलवालले जनाएका छन् ।-
प्रतिक्रिया राख्नुहोस्