बगरमा बाँचेका माझीहरु

पर्वत- कालिगण्डकीको उर्लँदो भेलमा बालुवा निकालेर  कुश्मा  १ मालढुङ्गाका माझी परिवारले वर्ष दिनभरिको गर्जो टार्दै आएका छन् ।
मालढुंगाका माझी वस्तीका मजदुरहरुले  बालुवा तथा नदीले बगाएर ल्याएका काठ निकालेर आफ्नो विहान बेलुकाको छाक टार्ने गरेको पुस्तौँ भइसेकेको छ ।
उर्लिंदो कालीगण्डकीमा ज्यान हत्केलामा राखेर उनीहरु हेलिन्छन । यसरी डेढ सय माझी परिवारले अहिले कालीगण्डकी नदीकै भरमा आफ्नो जीवन धानिरहेका छन् भने दशैँ तिहारको लागि खर्च जोहो गर्न त झन उनीहरुले निकै मेहनेत गर्नुपर्छ ।
यतिखेर उनीहरुलाई बालुवा निकाल्न भ्याइनभ्याइ छ । यो उनीहरुको बाध्यता हो । अरु कुनै आम्दानीको श्रोत नभएपछि यी माझी परिवारले खोलाको बगरलाई नै जीवन धान्ने आधार बनाएका छन ।
खोलामा बालुवा मात्र होइन भेलसँगै बगेर आएको दाउरा बटुल्ने काम पनि सँगै हुन्छ । बर्षादमा बाढीले ल्याएको बालुवा र दाउरा संकलन  गर्न नसके दशैँ तिहार मनाउन र हिउँदभरि  चुलो बाल्न धौ धौ पर्छ यी माझी परिवारलाई ।
कालीगण्डकी नदीले जीवन धानेका माझीको मुख्य पेशा नै बालुवा निकाल्नु हो । उनीहरुले अहिले दैनिक  २५  देखि  ३० टयाक्टर वालुवा  नदीबाट निकाल्ने गरेका छन ।
स्थानीय तहले प्यान वा भ्याटमा दर्ता भएकाहरुले मात्रै बालुवा विक्रिवितरण गर्न पाइने भनेपछि यी मजदुर समस्यामा परेका छन् । उनीहरुले प्रति ट्याक्टर ९ हजारदेखि दशहजारसम्ममा बालुवा विक्रि गर्ने गरेका छन ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.