पर्सामा संक्रमितको संख्या घट्दै, सात दिनमा ६३ जना संक्रमित

पर्सा- खुल्ला सिमानाका कारण कोरोना संक्रमणको उच्च जोखिममा रहेको पर्सा जिल्लामा संक्रमित भेटिने क्रम कम भएको छ । मुलुकभर कोरोना संक्रमितको संख्या वृद्धि भइरहेको बेला पर्सामा भने सात दिनमा ६३ जना संक्रमित फेला परेका छन् ।

असोज १६ गते देखि २२ गतेभित्र पर्सा जिल्लामा ४७ जना पूरुष र १६ जना महिला संक्रमित भेटिएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेश प्रसार चौरसियाले जानकारी दिनुभयो ।

पर्सा गएको ७ दिनमा सबै भन्दा बढी असोज १६ गते २३ जना र सबै भन्दा कम असोज २१ गते २ जना संक्रमित भेटिएको डा. चौरसियाले जानकारी दिनुभयो ।

उहाँले यस अवधिमा वीरगन्ज महानगरपालिबाट ३० जना र जिल्लाको ग्रामिण भेगबाट ३३ जना संक्रमित भेटिएको बताउनुभयो । भेटिएको संक्रमितमा सबैभन्द बढी २५ वर्ष देखि ४५ वर्ष उम्मेर समुहका व्यक्ति रहेको अस्पतालले जनाएको छ ।

यससँगै पर्सामा संक्रमितको संख्या २ हजार ७ सय ६ जना पुगेको छ भने २ हजार १सय ३३ जना संक्रमण मुक्त भई घर फिर्ता भएका छन् । कोरोना संक्रमणका कारण पर्सा जिल्लामा हालसम्म ४५ जना व्यक्तिको मुत्यु भइसकेको जिल्ला प्रशासन कार्यालष्य पर्साले जनाएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.