मुख्यमन्त्रीका स्वकीय सचिवलाई सङ्क्रमण

काठमाडौं- वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको सचिवालयकी एकजनालाई कोरोना सङ्क्रमण भएको छ ।

मुख्यमन्त्री पौडेलको स्वकीय सचिव सुमित्रा काफ्लेलाई सङ्क्रमण पुष्टि भएको हो । काफ्लेलाई सङ्क्रमण भएपछि मुख्यमन्त्री कार्यालय र निवासमा उच्च सतर्कता अपनाइएको छ । परिवारको सदस्यलाई सङ्क्रमण पुष्टि भएपछि काफ्ले विगत १५ दिनदेखि घरमै बस्नुभएको र कार्यालयमा उहाँको कसैसँग भेटघाट नभएको बुभिएको छ ।

सामान्य रुघाखोकी लाग्ने र टाउको दुख्ने भएपछि कोरोना परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएको र अहिले आफू होेम आइसोलेसनमा रहेको काफ्लेले बताउनुभयो । सामान्य रुघाखोकीबाहेक अन्य लक्षण नदेखिएको र पछिल्लो १०/१५ दिनदेखि होम क्वारेन्टिनमा रहेकाले परिवारबाहेक अन्य व्यक्तिसँग भेटघाट नभएको उहाँले बताउनुभयो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.