पछिल्लो २४ घण्टामा ४ हजार ३ सय ६४ जना नयाँ संक्रमित थपिए

काठमाडौं उपत्यकामा मात्र २ हजार ५४० जना नयाँ संक्रमित थप

काठमाडौं- नेपालमा आज  ४ हजार ३ सय ६४ जना नयाँ कोरोना संक्रमित थपिएका छन ।

यो सँगै देशभर संक्रिय संक्रमितको संख्या २६ हजार ६८४ पुगेको छ । यसैगरी २ हजार ६ सय७५ जना संक्रमणमुक्त भएका छन ।

आज काठमाडौं उपत्यकामा मात्र २ हजार ५ सय ४० जना नयाँ संक्रमित थपिएका छन। जसमध्ये काठमाडौंमा २ हजार ८५, ललितपुरमा ३ सय २० र भक्तपुरमा १ सय ३५ जना नयाँ संक्रमित थपिएका छन ।

पछिल्लो २४ घण्टामा १८ हजार ४  सय ७३ जनाको पीसीआर परिक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले जानकारी दिनुभयो । डा गौतमले अहिले संक्रमणको दर निकै तिव्र भएकोले थप सावधानी अपनाउन सबैलाई आग्रह गर्नुभएको छ ।

उहाँले दशैंमा मठ मन्दिरमा पूजारीले मात्र पूजा गर्ने व्यवस्था मिलाउन पनि सरोकारवालाहरुलाई आग्रह गर्नुभयो ।

डा गौतमले काठमाडौं  उपत्यकामा हाल १ सय ८१ वटा आइसीयू बेड भएकोमा ८२ वटा भरिएका र ७६ वटा भेन्टिलेटरमध्ये २७ वटा भरिएको जानकारी दिनुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.