पछिल्लो चौबिस घण्टामा थप १२ जना संक्रमितको मृत्यु

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितबाट मृत्यु हुनेको संख्या ५ सय ९० पुगेको  छ। काठमाडौंमा आज आयोजित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले देशभर २६ हजार ६ सय ८४ जना सक्रिय संक्रमित रहेका र पछिल्लो दिनमा स्वास्थ्य सावधानी नअपनाउदा संक्रमणको दर निकै तिव्र गतिमा बढेको जानकारि दिनुभयो । उहाँले आइसीयूमा २ सय ३५ र भेन्टिलेटरमा ४२ जना रहेको पनि जानकारी दिनुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.