त्रिशुली नदीमा बालुवा निकाल्नेहरुको भीड

धादिङ- हिन्दूहरुको महान पर्व बडा दशैँ नजिकिँदै जाँदा पर्वका लागि खर्च जुटाउन त्रिशुली नदीमा मजदुरहरुको भीड लाग्न थालेको छ ।

कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि सरकारले लामो समयदेखि गरेको लक डाउन र निषेधाज्ञा खुलेसँगै त्रिशुली नदीमा बालुवा निकाली जिविका चलाउने मजदुरहरुको लर्को नै लाग्न थालेको हो ।

त्यसो त यो वर्षदेखि त्रिशुली नदीबाट नदीजन्य पदार्थ झिक्न नपाउने भन्दै रोक स्थानीय प्रशासनले गत असार महिनाबाटै लगाएको थियो ।

तर यो निर्णय वर्षाको समयमा नदीबाट बालुवा निकाल्ने क्रममा नदीले बगाएर मानिसहरुको मृत्युको घटना बढेको हुनाले गरिएको भन्दै अब मजदूरहरु आँफै खोलामा हेलिएका हुन ।

नदीमा पानीको बहाव केही कम भएपछि गत महिनाबाट बालुवा निकाल्न खुल्ला गरिएको हो । लामो समयसम्म ठप्प भएको बालुवा निकाल्ने काम अहिले खुल्ला हुँदा मजदुरहरु पनि निकै खुशी  छन् ।

यस वर्ष त कोरोना भाइरसको संक्रमणका कारण बैदेशिक रोजगारीमा गएका तर रोजगारी गुमाई घर फर्केका मानिसहरु पनि नदी किनारामा बालुवा निकाल्न व्यस्त देखिन्छन ।

आम्दानीको मुख्य श्रोत नै बालुवा निकाल्ने काम बनाएका यी मजदूरहरु धादिङका स्थानीय मात्र नभई अन्यत्र जिल्लाका पनि रहेका छन् । काम जोखिम भएपनि छोटो समयमा राम्रो आम्दानी  हुने गरेको उनीहरु बताउँछन् ।

दैनिक दुई हजार पाँच सयदेखि चार हजारसम्म एक जना मजदुरले बालुवा बिक्री गरेर कमाउने गरेको  उनीहरुको भनाइ छ ।  गत बर्षको तुलनामा यस वर्ष नदी किनारामा बालुवा निकाल्ने मानिसहरुको भिड निकै बढेको छ ।

समुहगत रुपमा मिली बालुवा निकाल्दा दैनिक सातदेखि नौ जनाको एउटा समुहले चार ट्रिपरसम्म बालुवा निकाल्छ ।

मजदुरले प्रति ट्रिपर बालुवाको सात हजारसम्म पाउने गरेका छन् ।

अझै विचौलिया  विना नै बालुवा बिक्री गर्न पाउने हो भने त झनै राम्रो आम्दानी हुने उनीहरुको भनाइ छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.