संक्रमण देखिएपछि काभ्रेका सरकारी कार्यालयहरु धमाधम बन्द

काभ्रे- काभ्रेमा सरकारी कार्यालयमा कार्यरत कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि भएपछि कार्यालयहरु धमाधम बन्द हुन थालेका छन् ।

आजबाट जिल्लाको धेरै भिडभाड हुने मालपोत र स्वास्थ्य कार्यालय अनिश्चित कालका लागि बन्द गरिएको छ ।

मालपोत र स्वास्थ्य कार्यालयले आज सूचना जारी गर्दै आफ्ना कर्मचारीमा कोरोना पुष्टि भएपछि संक्रमण अन्य व्यक्तिमा फैलिन नदिन कार्यालय बन्द गरिएको जनाएका छन् ।

मालपोत कार्यालयले भने आजदेखि असोज ३० गते सम्मका लागि सेवा बन्द गरिएको सूचना जारी गरेको छ ।

कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि भएपछि जिल्लाका दुई स्थानीय तह रोशी गाउँपालिका र मण्डनदेउपुर नगरपालिकाका सेवा बन्द छन् ।

पालिकाका कर्मचारीमा कोरोना संक्रमण देखिएकोले कर्मचारीको सम्पर्कमा आएका कर्मचारी र ब्यक्तिहरुको स्वाब संकलन तथा परीक्षण गरी नतिजा नआएसम्मको लागि सेवा बन्द गरिएको र कार्यालयबाट प्रवाह हुने अत्यावश्यक सेवा र विद्युतीय माध्यमबाट हुन सक्ने सेवा भने सञ्चालनमा रहेका छन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.