कलंकीमा अत्याधुनिक होलसेल बिजनेश ट्रेड सेन्टर

काठमाडौं– नेपालमै पहिलोपटक काठमाडौंको कलंकीमा सबैभन्दा ठूलो, अत्याधुनिक होलसेल बिजनेश कम्प्लेक्स एनबीटीसी अर्थात नेशनल बिजनेश ट्रेड सेन्टर सञ्चालनमा आएको छ ।

सहकारी अवधारणा अनुरुप यस अत्याधुनिक र सुविधासम्पन्न बिजनेश कम्प्लेक्स निर्माण गरिएको हो । मध्यम वर्गीय व्यापारीहरुको विविध समस्याको समाधान गर्ने उद्देश्यका साथ यस यस नेशनल बिजनेश ट्रेड सेन्टरको अवधारणा अघि बढाइएको हो ।

काठमाडौंको कलंकी र बल्खुको बीचमा भाटभटेनीको नजिकै रहेको यस बिजनेश कम्प्लेक्समा निर्धक्क किनमेल गर्न सक्नु हुन्छ । पर्याप्त खुल्ला ठाउँ, पार्किङ, सुरक्षा व्यवस्थापन र व्यवस्थित ट्रान्सपोटेसनको सुविधा रहेको यस कम्प्लेक्समा एउटै छानामुनि करिब ९ सय वटा पसल सटरहरु रहेका छन् ।

गुणस्तरीय सामान सर्वसुलभ मूल्यमा उपलब्ध गराउने हेतुले सञ्चालित यस बिजनेश कम्प्लेक्समा महिला र पुरुष दुवैका लागि आवश्यक रेडिमेड लत्ताकपडा, जुत्ता चप्पल, ब्याग, कुर्ता सलवार, क्याप, पर्स, बेल्ट, अन्डर गार्मेन्ट, टावेल, ब्लयाङ्केट, कस्मेटिक्स, गिफ्ट आइटम इत्यादि सामानहरु एउटै छानामुनि सरल र सुलभदरमा खरिद गर्न सकिने छ ।

मिलाल्याण्ड डेम्लप्मेन्ट प्रालिद्वारा प्रबद्र्धित यस कम्प्लेक्स करिव २२ रोपनीमा फैलिएको छ ।

कम्प्लेक्समा ३ वटा सिनेमा हल, करिब १० हजार स्क्वायर फिटका फुड कोर्ट, ६८ हजार स्वाक्यर फिटको कर्पाेरेट अफिसलगायतका पूर्वाधारहरु निर्माणका क्रममा छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.