नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ सय, २४ घण्टामा थप १० जनाको मृत्यु

काठमाडौं– नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ सय पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ६०० पुगेको हो ।
देशभर पछिल्लो २४ घण्टामा १० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु भएकामध्ये ९ जना पुरुष र १ जना महिला छन् । नेपालमा संक्रमित हुनेहरुमध्ये ०.६० प्रतिशतको ज्यान गएको छ ।







प्रतिक्रिया राख्नुहोस्