कर्मचारी संक्रमित भएपछि गाउँपालिकाको सेवा बन्द

धादिङ– गाँउपालिकामा कार्यरत कर्मचारीहरुमा कोरोना संक्रमण भएको पुष्टि भएपछि दक्षिणी धादिङको बेनीघाट रोराङ्ग गाउँपालिकाले आफ्ना मातहतका सम्पूर्ण कार्यालयहरुको सेवा बन्द गरेको छ ।

गाउँपालिकाले दिने सम्पूर्ण सेवा अर्को व्यवस्था नभएसम्मका लागि बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत लक्षमण भट्टराईले जनाकारी दिनुभएको छ । अहिले सो गाउँपालिकाका सबै वडा कार्यालयहरुको सेवा पनि बन्द गराएको छ ।

शुक्रबार सोही गाउँपालिकाको चरौदीमा कोरोनाका कारण एक पुरुषको मृत्युपछि गाउँपालिकाले अफ्नो क्षेत्र भित्रका सबै विद्यालयहरु बन्द गर्न निर्देशन दिएको छ । व्यापार व्यवसाय भने सरकारको मापदण्डमा रहेर गर्न निर्देशन दिइएको भट्टराईले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.