गुल्मीमा ढुंगाले लागेर एक जनाको मृत्यु

गुल्मी– गुल्मीमा ढुंगाले लागेर एक जनाको मृत्यु भएको छ ।
जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडा नम्बर–२ निवासी ५८ वर्षका ज्ञानहरि ज्ञवालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डिएसपी) केदारारज पन्तले जानकारी दिनुभयो ।
शुक्रबार बेलुकी पख बाटोमा हिडिरहेको बेला सडकमाथि चर्केर अड्किएको ढुंगाले लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।






प्रतिक्रिया राख्नुहोस्