ट्रिपर दुर्घटनामा चालकको मृत्यु

धादिङ– पृथ्वी राजमार्गमा शनिबार भएको ट्रिपर दुर्घटनामा चालकको ज्यान गएको छ ।

ललितपुर महानगरपालिका– २९ निवासी कृष्ण लामाको मृत्यु भएको प्रहरीले जनाएको छ । सहचालक भने घाइते भएका छन् ।

काठमाडौंबाट मलेखुतर्फ आउँदै गरेको बा ५ ख ४९९ नम्बरको ट्रिपरले विपरीत दिशातर्फ आउँदै गरेको बसलाई ठक्कर दिई ट्रिपर अनियन्त्रित भई सडकबाट करिव पचास मिटर तल महेश खोलामा खसेको थियो ।

घाइतेको अवस्था गम्भीर छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.