पाल्पाको निस्दी गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतमा कोरोना, सबै सेवा बन्द

पाल्पा– पाल्पाको निस्दी गाउँपालिकाका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतसहित १० जनामा कोरोना संक्रमण पुष्टि भएपछि गाउँपालिका र मातहतका सबै कार्यालयहरु बन्द गरिएको छ ।

गाउँपालिका अध्यक्ष मुक्तबहादुर सारु र प्रमुख प्रशासकीय अधिकृत भगवानभक्त अर्यालसहित केही कर्मचारी र भारतबाट फर्किएका व्यक्तिमा कोरोना पुष्टि भएको स्वास्थ्य शाखा प्रमुख रेमबहादुर दिशाले जानकारी दिनुभयो । जनप्रतिनिधि, कर्मचारी र क्वारेन्टाइनमा बसेका समेत ५० जनाको स्वाब संकलन गरि पीसीआर परीक्षणका क्रममा पाल्पा अस्पतालको कोभिड प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय स्वास्थ्य संयोजक दिशाले बताउनुभयो ।

कार्यालय प्रमुख सहित समुदायमा संक्रमण बढ्दै गएपछि गाउँपालिकाले आगामी कात्तिक १ गतेसम्म अत्यवश्यक बाहेक सबै सेवा बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत भगवानभक्त अर्यालले बताउनुभयो । हालका लागि सम्पूर्ण शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्था, गैरसरकारी संस्था, होटल तथा रेष्टुरेण्ट, निजी तथा सार्वजनिक सवारी साधनसमेत पूर्ण रुपमा बन्द गर्न भनिएको छ। शुक्रबार राति १२ बजेदेखि कात्तिक १ गते राती १२ बजेसम्म यो लागू हुनेछ। इमर्जेन्सी बाहेक सबै स्वास्थ्य संस्था बन्द गरि कन्ट्हुरयाक ट्नेरसिङ्गको कामलाई अघि बधाईने स्वास्थ शाखाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.