काठमाडौंमा जापानिज खाना ‘बेन्तो’को बिक्री शुरु

काठमाडौं- नेपालमा जापानको प्रसिद्ध खाना ‘बेन्तो’को बिक्री शुरु गरिएको छ । जापानिज खाना प्रवद्र्धनका लागि एक वर्षअघिदेखि सञ्चालनमा आएको होक्काइदो रामेन हाउसले भाटभटेनी सुपरमार्केटसँगको सहकार्यमा बेन्तो नेपाली बजारमा प्रवेश गराएको हो ।

कम्पनीले नक्सालस्थित भाटभटेनी सुपरमार्केटबाट हाललाई पाँच विभिन्न किसिमका बेन्तोको परिकारको बिक्री शुरू गरेको जानकारी दिएको छ । बिस्तारै बेन्तोको प्रकार भाटभटेनीका अन्य आउटलेट र आफ्नै मिनी आउटलेट सञ्चालन गरी काठमाडौँ, पोखरा, चितवन, विराटनगरलगायतका अन्य शहरी क्षेत्रमा बिक्री बढाउँदै लगिने होक्काइडो रामेन हाउसका प्रबन्ध निर्देशक अर्जुन अधिकारीले जानकारी दिनुभयो ।

“हामीले नेपालमा पहिलोपटक यो खानालाई लञ्च गरेका छौँ । बेन्तो जापानमा तालिमप्राप्त अनुभवी सेफले जापानको निगरानीमा तयार गर्नेछन् । तरकारी आफ्नै बारीमा फलाउँछौँ र अरू सामग्री पनि जापानमा तालिमप्राप्त हाम्रा कर्मचारीले विशेष ध्यान पु¥याई छानेका हुनेछन् । बेन्तोको परिकारले नेपाली स्वाद पारखीलाई छुट्टै अनुभव दिने विश्वास लिएका छौँ”, उहाँले भन्नुभयो ।

नेपाल र जापानबीचको खाद्य संस्कृतिको सेतु बन्ने उद्देश्य लिएको होक्काइडो रामेन हाउसले जापानको होक्काइडोको धेरै ठाउँमा ‘विस्तारै विस्तारै’ ब्राण्डमा भन्ने नेपाली रेष्टुराँ सञ्चालन गरिरहेको छ । कोभिड–१९को कारण मानिस रेष्टुराँमा गएर खाने तथा कार्यालयमै गएर खाजा खानेभन्दा आफैँ बनाएर खाने संस्कृति बढिरहेको सन्दर्भमा बेन्तो समय सान्दर्भिक खाना हुने विश्वास गरिएको छ । होक्काइडो रामेन हाउसले गत वर्षदेखि बूढानीलकण्ठस्थित पार्क भिलेज रिर्सोटबाट रामेनसहित विभिन्न जापानिज खाना उत्वादन तथा बिक्री वितरण गर्दै आइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.