नेपालमा कोरोना संक्रमित अहिलेसम्मकै उच्च, देशभर ५००८ जना संक्रमित, उपत्यकामा २६७२

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना भाइरस संक्रमण भेटिएको छ । बितेको २४ घण्टामा ५००८ संक्रमित भएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १९३२० जनाको पीसीआर परीक्षण गर्दा ५००८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

यसैबीच, उपत्यकामा मात्रै २६७२ जना संक्रमित भएका छन् । काठमाडौंमा २१००, भक्तपुरमा २०३ ललितपुरमा ३६९ जना संक्रमित भए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा शनिबार प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १२२९ जना डिस्चार्ज भएका छन् । संक्रमितमध्ये ७०.२ प्रतिशत निको भएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ७४२५२ रहेको छ ।

कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.