हावा भर्ने क्रममा टायर पड्किएर एकजनाको मृत्यु

पर्सा- पर्सामा टायर पङ्कचर बनाउने पसलमा हावा भर्ने क्रममा टायर पड्किंदा एक जनाको मृत्यु भएको छ ।

वीरगंज महानगरपालिका वडा नं. १५ स्थित बाईपास सडकखण्डमा रहेको सञ्चालक विक्रम साह सोनारको पसलमा गाडीमा हावा भर्ने तथा पङ्कचर बनाउने काम गर्दै आएका बारा जिल्ला सिमरा निवासी ३५ वर्षिय ऋषि चौधरीको मृत्यु भएको हो ।

ट्रकको टायरमा हावा भर्दा टायर पड्किएपछि चौधरीको घटनास्थलमै मृत्यु भएको हो । टायर पड्किंदा वरिपरी रहेका केहि पसलहरुमा समेत क्षति भएको छ । चौधरीको शव पोस्मार्टमको लागि नारायणि उपक्षेत्रीय अस्पतालमा पठाईएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.