वडाध्यक्ष मणीलाल तामाङको कोरोना संक्रमणबाट मृत्‍यु

चितवन- चितवनको भरतपुर महानगरपालिका- २० का वडाध्यक्ष मणीलाल तामाङको कोरोना संक्रमणबाट मृत्‍यु भएको छ ।
तमाङको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्‍यु भएको अस्पतालका कोभिड १९ क्लिनिकल को-अर्डिनेटर डा प्रमोद पौडेलले जानकारी दिनुभएको हो  ।
  ७० वर्षिय तामाङलाई असोज १४ गते कोरोना पुष्टि भएसँगै उच्च ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या आएको थियो । तामाङलाई असोज २३ गते भर्ना गरिएको हो ।
 उनलाई मधुमेह, उच्च रक्तचापको समेत समस्या थियो । अस्पताल भर्ना गर्दा अक्सिजनको मात्रा ४० मा झरेपछि उनलाई सघन उपचार कक्षमा राखेर उपचार गरिएको थियो ।
 तामाङ गत स्थानीय निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट निर्वाचित वडाअध्यक्ष हुन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.